सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
पाेखरा | माघ १७, २०७९
तस्बिर फाइल
पोखरा: नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गर्ने निर्णय गरकोे छ ।
आज (मंगलबार) पोखरामा बसेको क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक सदस्यले बताए । ‘सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको छ,’ ती सदस्यले भने ।
बलात्कार आरोप लागेपछि क्यानले सन्दीपलाई भदौ २३ मा निलम्बन गरेको थियो । सन्दीपलाई पुष २९ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न दिएको थियो ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

